एमाले सांसद विष्टको आग्रह- सरकार गयो-गयो भनेर निराशा पैदा गर्ने काम नगर्नुस्

एमाले सांसद विष्टको आग्रह- सरकार गयो-गयो भनेर निराशा पैदा गर्ने काम नगर्नुस्

अर्थ चौतारी

एमाले सांसद विष्टको आग्रह- सरकार गयो-गयो भनेर निराशा पैदा ...

A A- A+

काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टले सरकार गयो–गयो भनेर निराशा पैदा गर्ने काम नगर्न आग्रह गरेका छन् ।

उनले साझेदार दलहरूका बीचमा केही असमझदारी भए बसेर समीक्षा गर्न सकिने पनि बताए ।

‘असहमतिलाई सुधार गर्ने, समीक्षा गर्ने आफ्ना आन्तरिक पद्धतिहरू छन् । त्यही नै समाधान खोजौँ, त्यहीँ नै समीक्षा गरौँ,’ संसद् बैठकलाई पार्टीका तर्फबाट सम्बोधन गर्दै सांसद विष्टले भने, ‘तर, सरकार गयो–गयो अथवा सरकारप्रति असन्तुष्टि व्यक्त गर्ने, निराशा पैदा गर्ने काम कसैले पनि नगरौँ ।’

उनले दुई दलबीचको आपसी समझदारी, सहमतिको आधारमा सरकार अगाडि बढिरहेको र कहीँ, कतै समस्याहरू उत्पन्न भए समाधानका लागि राजनीतिक संयन्त्रहरू रहेको पनि बताए ।

उनले सरकार ढल्नेमा कुनै सत्यता नरहेको पनि जिकिर गरे । ‘ठूला दुई दलसहित बनेको यो सरकार राजनीतिक स्थिरताको लागि हो,’ विष्टले भने, ‘यो सरकार गयो–गयो भनेर जुन प्रकारले निराशा पैदा गर्ने गरी, अस्थिरता पैदा गर्ने गरी प्रयत्न गरिँदै छ । यसमा कुनै सत्यता छैन ।’

सात बुँदे सहमतिको आधारमा गठन भएको सरकार सहमतिलाई कार्यान्वयन गर्दै अगाडि बढ्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?