निर्वाचन अघि क्यानडाका शीर्ष नेताको बहस : प्रमुख मुद्दा बन्यो ट्रम्प नीति

JPG converted with https://ezgif.com/webp-to-jpg

निर्वाचन अघि क्यानडाका शीर्ष नेताको बहस : प्रमुख मुद्दा बन्यो ट्रम्प नीति

अर्थ चौतारी

निर्वाचन अघि क्यानडाका शीर्ष नेताको बहस : प्रमुख मुद्दा ...

A A- A+

क्यानडा – अमेरिकाले लगाएको करको विषयमा क्यानडाका शीर्ष नेताले छलफल गरेका छन्। २८ अप्रिलमा हुने निर्वाचन अघि क्यानडाका नेताहरू बहसमा उत्रिएका हुन्।

लिबरल पार्टीका नेता तथा प्रधानमन्त्री मार्क कार्नी, कन्जरभेटिभका नेता पियरे ओलिभियरे, एनडिपी नेता जगमित सिंह तथा ब्लक क्युबेसियसका नेता युभेस फ्रान्सेस ब्लान्चेट एक आपसमा बहस गरिरहेका छन्।

बहसको केन्द्र बिन्दु अमेरिकी अर्थतन्त्र र क्यानडा–अमेरिका सम्बन्धको विषय बनेको छ। यसमा नेताहरूको अनुभव बहसको मुख्य विषय हो। साथमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको ‘ट्यारिफ’ पछि उद्योगको सुरक्षामा तथा जलवायु परिवर्तन बहसको मुख्य विषय बनेका छन्। साथमा हाउजिङ र रियल स्टेटका चुनौती पनि बहसको मुख्य विषय बनेको छ।

अब हुने निर्वाचनमा कन्जरभेटिभका नेता पियरले कार्नीका मुख्य प्रतिस्पर्धीको रूपमा चिनिएका छन्। दुई दशकदेखि राजनीतिमा रहेका उनी २५ वर्षको उमेरमा सांसद भएका थिए। तत्कालीन समयमा उनी क्यानडाको सबै भन्दा कान्छो सांसदको रूपमा कीर्तिमान राख्न सफल भएका थिए।

कार्नीका अर्का प्रतिस्पर्धी जगमित सिंहले भने सन् २०१७ मा एनडिपी नेतृत्व गर्ने अवसर पाएका थिए। वामपन्थी झुकाव राख्ने उनी मजदुर र श्रम सुरक्षाको विषयमा आफूलाई केन्द्रित गर्छन्।

पहिलो पटक क्यानडाको सर्वेक्षणमा लिबरल पार्टी अघि देखिएको छ। यो समयमा कार्नीको बहस अझ बढी महत्त्वपूर्ण हुन सक्ने छ। पछिल्लो सर्वेक्षणले लिबरलले कन्जरभेटिभलाई दुई प्रतिशतले पछि छाडेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?