रबि बिनाको रास्वपाबाट सहमहामन्त्री पदबाट राजीनामा दिदै बालेनसँग मिल्ने सुमनाको संकेत

रबि बिनाको रास्वपाबाट सहमहामन्त्री पदबाट राजीनामा दिदै बालेनसँग मिल्ने सुमनाको संकेत

अर्थ चौतारी

रबि बिनाको रास्वपाबाट सहमहामन्त्री पदबाट राजीनामा दिदै बालेनसँग मिल्ने ...

A A- A+

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले वर्तमान राजनीतिसँग असन्तुष्टि बोकेका र नयाँ सोच भएकाहरु एक ठाउँमा आउनैपर्नेमा जोड दिएकी छन् । आफूले पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । पत्रकारले उनलाई ८४ को चुनावमा बालेनसँग मिल्ने सम्भावनाबारे सोधेका थिए । सुमनाले ‘एस’ वा ‘नो’ नभिनकन निकै घुमाएर जवाफ दिइन् ।

उनको जवाफको सार यस्तो छः

एकदम क्लीयरली भन्नुपर्दा पहिलो फेजको आन्दोलन (रवि पक्राउविरुद्ध) मा हाम्रो (पार्टीभित्र) दुईवटा टिम बनेको थियो । एउटा टिमले यो पुरानो राजनीतिक संस्कारले देश बिग्रियो भन्ने सबैजना एक ठाउँमा आउनुपर्छ भनेर त्यतिबेलै स्थापित गरेका हौं । रविजी स्वयम्ले ‘गो… ह्याभ डिस्कसन’ भन्नुभएको हो ।

मैले बालेनजीलाई भेटेको बसन्तुपुरको स्टेजमा हो । त्योभन्दा पछि भटेको छैन । कुन तरिकाले न्यूजहरु बनाइएको छ भने डिफेन्सीभ पोजिसनमा राखेपछि जे पनि सोध्न सकिन्छ भन्ने हिसाबले आएको छ । यो तरिकाले राजनीतिलाई अगाडि लैजान सक्दैनौं । बैकल्पिक राजनीतिको जुन यात्रा छ, जुन उद्देश्यले म राजनीतिमा लागेँ, बैचारिक स्पष्टताका साथ अगाडि बढ्नुपर्छ ।

हामी जति जनालाई यो चित्त बुझेको छैन, पात्र मात्र होइन, राजनीतिक संस्कार चित्त नबझुको सबै एक ठाउँमा आउनैपर्छ । मैले केन्द्रीय समितिमा पनि भनेको छु । नत्र ‘वान बाइ वान’ एक एक जनालाई दुख दिन्छन् । नयाँ राजनीतिक फोर्स आएर जसलाई घाटा छ, उनीहरुले वान आफट्र अनादर अट्याक गर्छन् । इन्डिभिजुअल लड्ने कि यो तरिका भएन भनेर सामूहिकतामा जान्छौं ?

पार्टीबाट निर्णय गरेर जति पनि संस्कारसँग चित्त नबुझेको मान्छेसँग सम्वाद गरौं भनेको हो । ०८४ मा म चुनाव उठ्छु कि उठ्दिन, कहाँबाट उठ्छु सोचेको छैन । म के कुरामा कन्भिन्स्ड छु भने पुरानो संस्कार भएन भन्ने सबै साथीहरु एक ठाउँमा आउनुपर्छ, फोरम र एलाइन्स बनाउनुपर्छ । विकृतिको विरुद्धमा लड्नुपर्छ भन्नेमा दुईमत छैन ।

सुमनालाई हालैको एक पोडकास्ट अन्तरवार्तामा रवि लामिछानेबारे टिप्पणी गर्न नचाहेको विषयमा पनि पत्रकारले सोधे । उनले त्यसमा गोलमटोल जवाफ दिइन् ।

‘खासको त्यसको दुईवटा भसर्नन छ । म मुभमेन्टबाट आएको होइन । टङ स्लीप भयो भने बर्बाद हुन्छ भनेर धेरैलाई पासै गरेको हो । तर फेरि दोस्रो टके पनि छ । त्यसमा सबैको विषयमा केही बोलेको छु । तर, एउटा भिडिओ भाइरल बनाइयो ।

एउटा प्रश्नमा दुईवटा भर्सन छ । त्यो भिडिओमा त्यस्तो गलत के छ ? अभिव्यक्ति स्वतन्त्रता भनेको हामीलाई लागेको बोल्ने त हो । जे भए पनि फस्र्टमा मलाई लाग्यो कि गलत कुरा बोल्यो भने समस्या आउँछ, कोर्टमा केस चलिरहेको छ । तर, पछि किन पास गरेँ भनेर अर्को टेकमा भनेको छु ।’

सुमनाले आफ्नो राजीनामाको विषय पार्टीभित्रबाट गलत समयमा सार्वजनिक गरिएको भन्दै असन्तुष्टि जनाइन् । आफूले दुई हप्ता अगाडि नै राजीनामा दिएको तर अहिलेसम्म स्वीकृत नभएको उनको भनाइ छ ।

‘दुई हप्ता अगाडि १८–१९ गते दिएको हो राजीनामा । तर शुक्रबार सभापतिज्यू पक्राउ परेपछि यसलाई होल्ड गरौं भन्ने भयो । तर आज बिहान मलाई तारन्तार फोन आयो । राजीनामाको कुरा सोधियो । कहाँबाट थाहा पाउनुभयो भन्दा त विहान तपाईंको पार्टी भित्रैबाट टेक्स्ट आएको हो भन्ने कुरा गर्नुभयो । मैले यो प्लीज होल्ड गरौं, मैले सीसीएममा राखेको छैन भनेको थिएँ । तर बाहिर छ्याप्छ्याप्ती भइसकेको रहेछ ।

मैले दुई हप्ता अगाडि राजीनामा दिँदा सभापतिज्यू बाहिरै हुनुहुन्थ्यो । उहाँ पार्टीमा फर्किएर हामी एकदम एक्साइटेड थियौं । शुक्रबार नै यस्तो हुन्छ भनेर अनुमान गरेका थिएनौं । मेले राजीनामा दिएको टाइम सही थियो । तर, अहिले गलत समयमा प्रचारमा ल्याइयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?