पानी माग्दै बानेश्वरमा मधेशवासीको प्रदर्शन (तस्वीरहरू )

पानी माग्दै बानेश्वरमा मधेशवासीको प्रदर्शन (तस्वीरहरू )

अर्थ चौतारी

पानी माग्दै बानेश्वरमा मधेशवासीको प्रदर्शन (तस्वीरहरू )

A A- A+

काठमाडौं । तराई-मधेशमा पानी माग्दै बानेश्वरको बीच सडकमा रित्ता भाँडासहित मधेशवासीहरूले शुक्रबार पनि प्रदर्शन गरेका छन् ।चुरे संरक्षण र मधेशमा पानीको अभाव समस्या समाधान गर्न माग गर्दै माइतीघरदेखि बानेश्वरसम्‍म उनीहरूले प्रदर्शन गरेका हुन् । बानेश्वर चोक नजिकै प्रहरीले उनीहरूलाई रोकेको छ प्रहरीले संसद भवनतर्फ जान नदिएपछि प्रदर्शनकारीले नयाँ बानेश्वरकै सडकमा बसेर खाली भाडा बजाउँदै नाराबाजी गरेका छन् । साथै उनीहरूले दलका नेताहरूलाई पटक-पटक आग्रह गर्दा पानीको समस्या नसुनेको भन्‍दै विभिन्न दलका शीर्ष नेताहरूको फोटो देखाउँदै ‘लापता, तपाई कहाँ ?, हामी यहाँ !’  प्रदर्शन गरेका छन् ।

आँखा खोल सरकार, चुरे बेच्न पाइँदैन, चुरे ऐन लागु गर, पानी दे सरकारलगायत नारा लगाइरहेका छन् ।करिब १ महिनाअघि पैदल हिँडेर मधेशको पानीको समस्याबारे सरकारलाई जानकारी गराउन र समस्या सम्बोधनका लागि दबाब दिन काठमाडौं आएका  मधेशका विभिन्न जिल्लाका बासिन्दा २२ दिनदेखि माइतीघरमा धर्ना बसिरहेका थिए ।चुरे संरक्षण अभियन्ता सुनिलकुमार यादवले चुरे संरक्षणको नाममा सरकारले हरेक वर्ष करोडौं रुपैयाँ खर्च गरे पनि चुरे विनाशका कारण मधेशमा ८० प्रतिशत चापाकल सुकेको बताउँछन् । आफूहरु चुरे संरक्षणको माग उठाएर आन्दोलन गर्दा दलहरुले बेवास्ता गरेको भन्दै उनले आक्रोश पोखेका छन् ।

हेर्नुहोस् तस्वीरहरू : 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?