सिरोहियालाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो, मेडिसिटीमा उपचार हुने

सिरोहियालाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो, मेडिसिटीमा उपचार हुने

अर्थ चौतारी

सिरोहियालाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो, मेडिसिटीमा उपचार हुने

A A- A+

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको छ । स्वास्थ्यमा थप समस्या आएपछि उनलाई काठमाडौँ लैजान चिकित्सकले सुझाव दिएका थिए । सोहीअनुसार उनलाई काठमाडौँ ल्याइएको हो ।  सिरोहियालाई  हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको छ । उनलाई उपचारका लागि मेडिसिटी अस्पताल भर्ना गरिएको छ ।  कान्तिपुर मिडियाका कानुनी सल्लाहकार किशोर पौडेलका अनुसार सिरोहियाको छातीमा अत्यधिक दुखाइपछि जनकपुरमा उपचार सम्भव नभएपछि काठमाडौँ लैजान चिकित्सकले सिफारिस गरेका थिए ।नागरिकता प्रकरणमा कान्तिपुर मिडियाको कार्यकक्षबाटै सिरोहियालाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि उनलाई जनकपुर लगिएको थियो । जिल्ला अदालत धनुषाले तीन पटक तीन तीन दिन म्याद थप गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?