दिल्लीको मुख्यमन्त्रीमा रेखाले शपथ लिँदै, केजरीवाललाई पछार्ने प्रवेश वर्मा उपमुख्यमन्त्री हुने

दिल्लीको मुख्यमन्त्रीमा रेखाले शपथ लिँदै, केजरीवाललाई पछार्ने प्रवेश वर्मा उपमुख्यमन्त्री हुने

अर्थ चौतारी

दिल्लीको मुख्यमन्त्रीमा रेखाले शपथ लिँदै, केजरीवाललाई पछार्ने प्रवेश वर्मा ...

A A- A+

काठमाडौं । भारतको दिल्लीले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । भारतीय सत्तारुढ दल भाजपाकी नेतृ रेखा गुप्ता दिल्लीको मुख्यमन्त्री बन्दैछिन् । उनले आज शपथ लिनेछिन् । रेखासँगै अन्य ६ जानले पनि आज शपथ लिन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बुधबार साँझ बसेको भाजपा विधायक दलको बैठकले मुख्यमन्त्रीको नाम घोषणा गरेको हो । यस्तै प्रवेश वर्मा उपमुख्यमन्त्री र विजेन्द्र गुप्ता विधानसभा अध्यक्ष हुने भएका छन् । प्रवेश वर्माले नयाँ दिल्ली सिटबाट आम आदमी पार्टीका राष्ट्रिय संयोजक तथा पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाललाई हराएका थिए।

भाजपाले रविशंकर प्रसाद र ओम प्रकाश धनखरलाई पर्यवेक्षक बनाएको थियो । दुवै जनाले विधायक दलको बैठकअघि भाजपाका सबै विधायकसँग एकएक गरी कुरा गरेका थिए ।

यसपछि दलको बैठकमा सतीश उपाध्याय र विजेन्द्र गुप्ताले रेखा गुप्ताको नाम प्रस्ताव गरेपछि मुख्यमन्त्रीको नाम घोषणा गरियो । मुख्यमन्त्रीको शपथ ग्रहण बिहीबार रामलीला मैदानमा हुने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

दिल्लीका मुख्य सचिवले पठाएको निमन्त्रणामा मुख्यमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ हुने उल्लेख छ । हालै सम्पन्न दिल्ली विधानसभा चुनावमा बहुमत ल्याउँदै भाजपा २७ वर्षपछि दिल्ली सत्तामा फर्किएको हो । दिल्ली विधानसभा चुनाव २०२५ मा भाजपाले ४८ सिट जित्यो भने आम आदमी पार्टी २२ सिटमा खुम्चियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?