लोक गायक खेम सेञ्चुरी पहिलो पटक फिल्ममा जोडिए

लोक गायक खेम सेञ्चुरी पहिलो पटक फिल्ममा जोडिए

अर्थ चौतारी

लोक गायक खेम सेञ्चुरी पहिलो पटक फिल्ममा जोडिए

A A- A+

काठमाडौं, २७ माघ ।  हिलेका चर्चित लोक गायक तथा संगीतकार खेम सेन्चुरी पहिलो पटक फिल्ममा जोडिएका छन्। निर्माणको तयारीमा रहेको फिल्म 'ए मेरो हजुर ५' मा उनी अनुबन्धित भएका हुन्। खेम स्वयंले निर्देशक झरना थापा र निर्माता सुनीलकुमार थापासँगको तस्बिर राख्दै यसबारे जानकारी दिएका छन्।

उनले लेखेका छन्, 'जीवनमा सबैखाले चुनौती स्वीकार गर्दै अघि बढियो। यो क्रम जारी नै छ। फलको आशा नराखी कर्ममा विश्वास गर्दा यहाँहरूको अपार मायाले एकपछि अर्को सिँढी उक्लने प्रयास गर्दैछु। मेरो सांगीतिक जीवन पहिलो पटक नेपाली चलचित्रसँग पनि जोडिने भएको छ। सुपरिचित र सशक्त ब्यानर ‘सुहाना इन्टरटेन्टमेन्ट’को निर्माणमा बन्ने नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर ५’का लागि सांगीतिक सहकार्य गर्दैछु। आशा छ माया गरिदिनुहुनेछ।'

'सोचे झैं जिन्दगी रैनछ, रम रम मरौटी, सुर्ती माड्दै माड्दै' जस्ता सुपरहिट गीतका गायक तथा संगीतकार खेमको संगीत रहेको 'अरेली काँडैले' हालसालै युट्युबमा १० करोड क्लबमा प्रवेश गरेको छ। खेम अहिले 'द भ्वाइस अफ नेपाल' सिजन ६ को कोच समेत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?