‘समर लभ’ प्रकाशनको १२ वर्ष: लेखक सुबिन भट्टराईको भावुक अभिव्यक्ति

‘समर लभ’ प्रकाशनको १२ वर्ष: लेखक सुबिन भट्टराईको भावुक अभिव्यक्ति

अर्थ चौतारी

‘समर लभ’ प्रकाशनको १२ वर्ष: लेखक सुबिन भट्टराईको भावुक ...

A A- A+

अमीर के.सी,काठमाडौं : नेपाली साहित्यमा छुट्टै पहिचान बनाएको उपन्यास ‘समर लभ’ले आज आफ्नो प्रकाशनको १२ वर्ष पूरा गरेको छ । यस अवसरमा लेखक सुबिन भट्टराईले आफ्ना पाठकहरुप्रति आभार व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत भावुक अभिव्यक्ति दिएका छन् ।

"समर लभ मेरा लागि एउटा कृति मात्र होइन, यो मेरो यात्राको प्रस्थानबिन्दु हो । सिँगो भावना हो । नोस्टाल्जिया हो । समर लभ समग्रमा मेरो आत्मा हो," भट्टराईले लेखेका छन् । साथै, उनले आफ्नो कृतिप्रति गर्व व्यक्त गर्दै समर लभले पाएको प्रेमका लागि पाठकहरुप्रति कृतज्ञता प्रकट गरेका छन् ।

सन् २०१२ मा प्रकाशित ‘समर लभ’ नेपाली साहित्यमा सबैभन्दा धेरै चर्चा कमाउने प्रेमकथामध्ये एक हो । यो कृतिले नेपाली युवामाझ गहिरो प्रभाव पार्दै लोकप्रियता हासिल गरेको थियो । पुस्तककै कथामा आधारित भएर निर्देशक मुस्कान ढकालले सोही नाममा फिल्म निर्माण गरेका थिए । तर, फिल्म अपेक्षाकृत रूपमा सफल हुन सकेन ।

दर्शकहरुले फिल्मको मुख्य पात्रको भूमिकामा गरिएको जातीय स्वरुपको परिवर्तनलाई मन नपराएको बताइन्छ । उपन्यासमा बाहुन समुदायका पात्रलाई फिल्ममा मंगोलियन लुक्स दिइएपछि धेरैले असन्तुष्टि व्यक्त गरेका थिए । यसकै कारण फिल्मले दर्शकमाझ सकारात्मक प्रतिक्रिया बटुल्न सकेन ।

१२ वर्षपछि पनि ‘समर लभ’ नेपाली साहित्यमा उत्तिकै चर्चित छ । भट्टराईका अन्य कृतिहरू ‘साया’ र ‘प्रिय सुफि ’ इजोरिया समेत पाठकमाझ रुचाइएका छन् । ‘समर लभ’ले अझै पनि नेपाली पाठकमाझ आफ्नो स्थान मजबुत बनाइराखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?