चलचित्रको करोडौं आम्दानी, तर पर्दा पछाडिका श्रमिकले अझै पारिश्रमिक नपाउने गुनासो

चलचित्रको करोडौं आम्दानी, तर पर्दा पछाडिका श्रमिकले अझै पारिश्रमिक नपाउने गुनासो

अर्थ चौतारी

चलचित्रको करोडौं आम्दानी, तर पर्दा पछाडिका श्रमिकले अझै पारिश्रमिक ...

A A- A+

अमीर के.सी,काठमाडौं: नेपाली चलचित्रले करोडौं कमाएको चर्चा भइरहेका बेला पर्दा पछाडिका श्रमिकहरूले भने अझै पारिश्रमिक नपाएको गुनासो गरेका छन्। नाम नबताउने सर्तमा एक जना प्राविधिकले चलचित्रको सफलताले श्रमिकहरूको अवस्था सुधार गर्न नसकेको भन्दै गुनासो व्यक्त गरे।

“हामी पर्दा पछाडिको मेहनत गर्ने हौं। फिल्मले करोडौं कमायो भन्छन् तर हाम्रो पारिश्रमिक नै अझै पाएको छैन। अब बोनस त परको कुरा,” उनले भने।

उनका अनुसार चलचित्र क्षेत्रको यो विकृति पुरानै हो। "कैयौं संघ र संस्थाहरू बने पनि प्राविधिक तथा श्रमिकको अधिकारका लागि बोल्ने हिम्मत गर्न गाह्रो छ। किनभने, जसले कुरा उठाउँछ, उसलाई अर्को काममा मौका नदिने चलन छ। काम पाए पनि समयमा पारिश्रमिक नपाइने अवस्था कायमै छ," उनले गुनासो गरे।

दिनरात मेहनत गरेर चलचित्र सफल बनाउन योगदान पुर्‍याउने श्रमिकहरूलाई समयमा पारिश्रमिक दिने संस्कारको खाँचो रहेको उनले औंल्याए। “हामी बिहान-बेलुका यसै कामले पेट पाल्छौं। पारिश्रमिक ढिला भए पनि आइदिन्छ भनेर सहन्छौं, तर बोलेको खण्डमा काम नै गुम्छ,” उनले दुःख व्यक्त गरे।

चलचित्र क्षेत्रको दिगो विकासका लागि पर्दा पछाडिका श्रमिकहरूको सम्मान र अधिकार सुनिश्चित गर्नुपर्ने आवाज अहिले बलियोसँग उठ्न थालेको छ। तर, वास्तविक सुधारका लागि अझै धेरै काम गर्न बाँकी देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?