काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुललाई म्यानचेस्टर युनाइटेडले बराबरीमा रोकेको छ ।
गएराति भएको खेलमा म्यानचेस्टरले लिभरपुललाई २–२ गोलको बराबरीमा रोकेको हो । म्यानचेस्टरका लिजान्द्रो मार्टिनेज र अमाड डाइलोल तथा लिभरपुलका लागि कोडी गाक्पो र मोहम्मद सलाहले गोल गरेका थिए ।
मार्टिनेजले खेलको ५२औँ मिनेटमा म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । ५९औँ मिनेटमा कोडीले लिभरपुलका लागि गोल गरेका हुन् ।
यस्तै, ७०औँ मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यसपछि म्यानचेस्टरका डाइलोलले गोल गरे पछि खेल २–२ गोलको बराबरीमा सकिएको थियो । यो बराबरीसँगै लिभरपुर १९ खेलबाट ४६ अंकका साथ शीर्षस्थानमा यथावत रहेको छ । म्यानचेस्टर युनाइटेड २० खेलबाट २३ अंकसहित १३औँ स्थानमा छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच