पूर्वराजा ज्ञानेन्द्रलाई दाङमा नागरिक अभिनन्दन, ‘राजा आउ, देश बचाउ’ नारा घन्कियो (फोटोफिचर)

पूर्वराजा ज्ञानेन्द्रलाई दाङमा नागरिक अभिनन्दन, ‘राजा आउ, देश बचाउ’ नारा घन्कियो (फोटोफिचर)

अर्थ चौतारी

पूर्वराजा ज्ञानेन्द्रलाई दाङमा नागरिक अभिनन्दन, ‘राजा आउ, देश बचाउ’ ...

A A- A+

काठमाडौं, २९ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाहले स–परिवारसहित दाङको घोराही उपमहानगरपालीकाको धारापानीस्थित पाण्डेवेश्वर मन्दिरको दर्शन एवं पूजा आरधना गरेको छन् । बाँकेको नेपालगञ्जलाइ मुकाम बनाएर पश्चिम नेपालका शक्ती पीठहरुको दर्शन गरिरेका पूर्वा राजा ज्ञानेन्द्रले आज पाण्डेवेश्वरको दर्शन गरेका हुन् ।

मुलुकमा पुनः राजसंस्था फर्काउनुपर्ने माग र आवाज बढ्दै गएका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सार्वजनिक समारोहमा आफ्नो उपस्थिति बढाइरहेका छन् । धार्मिक, व्यक्तिगत र पारिवारिक घुमघामको लागि बेलाबखत जिल्लाहरुमा निस्किए पनि यसपटक भने एक महिने कार्यक्रमका साथ उनी नेपालगञ्ज बस्दै आएका छन् ।

पश्चिम नेपालकै प्रसिद्ध धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको विश्वकै अग्लो त्रिसुल रहेको पाण्डेवेश्वर मन्दिरको दर्शन गर्न गर्न आउने क्रममा पूर्वा राजालाई नागरिकस्तरबाट भव्य स्वागत गरिएको छ ।

तुलसीपुरमा बाहीनी चौक.देखि, जेसिस चौक, बिपि चौक र बिरेन्द्र चौकसम्म पुर्ब राजालाई नागरिक अभिनन्दन गरिएको छ । बिरेन्द्र चौकमा स्वर्गीय राजा विरेन्द्र शाहको शालिकमा ज्ञानेन्द्रले माल्यार्पण गर्दा नागरिकहरुले ‘राजा आउ देश बचाउ’ भन्दै नारासमेत लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?