ओपनर नचल्दा पनि पोखराविरुद्ध कर्णाली ७ विकेटले विजयी

ओपनर नचल्दा पनि पोखराविरुद्ध कर्णाली ७ विकेटले विजयी

अर्थ चौतारी

ओपनर नचल्दा पनि पोखराविरुद्ध कर्णाली ७ विकेटले विजयी

A A- A+

­नेपाल प्रिमियर लिग अन्तर्गतको पोखरा एभेन्जर्सविरुद्धको खेलमा कर्णाली याक्सले ७ विकेटको सहज जित निकालेको छ ।

टस हारेर १०३ रनको लक्ष्यसहित जावाफि ब्याटिङमा उत्रिएको कर्णाली १५ ओभरमा लक्ष्य पूरा गरेको हो । कर्णालीले ३ विकेटको क्षतिमा १०६ रन बनायो ।

कर्णालीका ओपनर देव खनाल र बाबर हायत भने आजको खेलमा सस्तैमा पवेलियन फर्किएका थिए । उनीहरु दुवैले दोहोरो रन बनाउन सकेका थिएनन् ।

३० बल बाँकी रहेकै अवस्थामा कर्णालीले यसअघि पोखराबाट प्राप्त १०३ रनको चुनौतीलाई सजिलै आफ्नो पक्षमा पार्न सफल भएको हो ।

दुवै ओपनर सस्तैमा आउट भएपछि क्रिजमा गुलशन झा र चाडविक वाल्टनले कर्णालीलाई उकासे । उनीहरुले ६० रनको साझेदारी गरे ।

२४ बल ६ चौका र १ छक्काको सहयोमा४२ रन जोडेका वाल्टनलाई कुशल भुर्तेलले बोल्ड गरे । त्यस्तै गुलशन झा अर्धशतक प्रहार गर्न १ रनले चुके । उनले अविजित ४९ रन बनाए । ३४ बल खेलेका उनले ६ चौका र १ छक्का प्रहार गरे ।

विलियम बोसिस्टोको जविजित २ नै कर्णाली जितको लागि पर्‍याप्त बन्यो । बलिङतर्फ विपिन खत्री, सागर ढकाल कुशल भुर्तेलले समान १–१ विकेट लिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?