काठमाडौं, २३ मंसिर । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं ओर्लिएका छन् । उनी तीन दिने भ्रमणको लागि आज काठमाडौं ओर्लिएका हुन् । दक्षिण एसिया भ्रमणको क्रममा निस्किएका लूले यसअघि भारत र श्रीलंकाको भ्रमण गरिसकेका छन् ।
नेपाल बसाईको क्रममा यहाँ राजनीतिक दलका नेताहरु र नागरिक समाजका अगुवाहरुसँग भेटको कार्यक्रम तय भएको नेपालस्थित् अमेरिकी दूतावासले जनाएको छ ।
उनको यो भ्रमणले अमेरिका र नेपालबीचको सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तिकरण, सांस्कृतिक संरक्षण, र दिगो विकासजस्ता मुख्य क्षेत्रहरूमा दुई देशबीचको सहकार्यलाई अघि बढाउने प्रतिबद्धता प्रस्तुत गर्नेपनि दूतावासले उल्लेख गरेको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच