सुदूरपश्चिममा विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै

सुदूरपश्चिममा विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै

अर्थ चौतारी

सुदूरपश्चिममा विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै

A A- A+

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले १७ औँ गणतन्त्र दिवस आज धनगढीमा विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाइरहेको छ ।
आज दिवसको अवसरमा धनगढीमा प्रभात फेरी गरिएको छ । यसै अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कार्यक्रम भइरहेको छ ।

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको ऐतिासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ । दिवसको अवसरमा आज सरकारले सार्वजनिक विदा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?