खेलकुद मन्त्रालयको बजेट छलफलमा भौतिक मन्त्रीको आलोचना

खेलकुद मन्त्रालयको बजेट छलफलमा भौतिक मन्त्रीको आलोचना

अर्थ चौतारी

खेलकुद मन्त्रालयको बजेट छलफलमा भौतिक मन्त्रीको आलोचना

A A- A+

काठमाडौं । बुधबार प्रतिनिधि सभाको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथि छलफल चलिरहेको छ । तर नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले अर्को मन्त्रालयको बजेटबारे टिप्पणी गरे ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले असमान रूपमा योजना र बजेट विनियोजन गरेको भन्दै चर्को अलोचना गरेपछि सभाध्यक्ष गरिरहेकी उपसभामुख इन्दिरा रानाले सम्बन्धित मन्त्रालयमा केन्द्रित हुन् आग्रह गरिन् ।उपसभामुख रानाले भनिन्, ‘माननीय सदस्य खेलकुद मन्त्रालयमा केन्द्रित हुन अनुरोध गर्दछु ।’सांसद घिमिरेले जवाफ फर्काए, ‘अरू बेला बोल्न पाइन्न । बोल्ने भनेकै यस्तै बेलामा हो ।’भौतिक पूर्वाधार मन्त्रालयको बजेटमाथि मंगलबार छलफल थियो । सांसदहरू मन्त्रीहरूले असमान रूपमा योजना छनोट गरेको भनेर अन्य मन्त्रालयको बजेटका विषयमा समेत बोलिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?