विराज र समीरको एक्सनले भरिएको ‘१२ गाउँ’को ट्रेलर

विराज र समीरको एक्सनले भरिएको ‘१२ गाउँ’को ट्रेलर

अर्थ चौतारी

विराज र समीरको एक्सनले भरिएको ‘१२ गाउँ’को ट्रेलर

A A- A+

यही असोज २४ गते फूलपातीदेखि प्रदर्शनको तयारीमा रहेको अभिनेता विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार युट्युबमार्फत् सार्वजनिक ३ मिनेट १४ सेकेण्ड लम्बाईको ट्रेलर एक्सनले भरिएको छ । विराज भट्ट र यही फिल्मबाट डेब्यु गरेका समीर भट्ट (विराजका छोरा) दुवै एक्सन अवतारमा प्रस्तुत छन् । ट्रेलरमा प्रेम र पीडाको पनि समिश्रण छ ।

१२ गाउँ भन्ने ठाउँमा आधिपत्य जमाएर बसेको अत्याचारी पात्र (मुरलीधर)को साम्राज्य ध्वस्त पार्न विराज र समीरले गरेको संघर्षको कथावस्तुमा फिल्म बनेको ट्रेलरले प्रष्ट पार्छ । विराजलाई बाघको रुपमा चित्रित गरिएको छ । एक्सन र संवाद हावी रहेको ट्रेलरको अन्तिममा समीर ‘सिक्स प्याक एब्स’ देखाउँदै प्रस्तुत छन् । एक्सनप्रति रुचि हुने दर्शकलाई फिल्मले आकर्षित गर्न सक्ने देखिन्छ ।

विराज र समीर पहिलो पटक एकसाथ देखिएकाले दर्शकमा ‘१२ गाउँ’को ठूलो प्रतिक्षा छ । फिल्ममा पूर्व ‘मिस नेपाल इन्टरनेशनल’ न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, दीया मास्के, अर्जुन जंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, शुलेमान शंकर ‘इकु’, भिष्म जोशी, स्टन्ट सिल्भा (साउथ फिल्मका कलाकार) लगायतको पनि अभिनय देख्न सकिन्छ ।

फिल्ममा महेश पौडेलको छायांकन, अर्जुन पोखरेल र निरज सिंहको संगीत, रामजी लामिछाने र सुनिल क्षेत्रीको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ भने विराज स्वयंको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ । यसमा द्वन्द्व निर्देशन साउथका स्टन्ट सिल्भाले गरेका छन् । उनले साउथका ५० बढी फिल्ममा द्वन्द्व निर्देशन गरिसकेका छन्।
https://youtu.be/Tc0ZtDdNkX8?si=nlLFLv_yruTXDTHd

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?