काठमाडौं । सामाजिक सुरक्षा भत्ता पाउने नेपालीको संख्या बढेको छ। चालु आर्थिक वर्ष २०८०र०८१ को आर्थिक सर्वेक्षण अनुसार सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको संख्या पछिल्लो एक वर्षमा साढे ५ प्रतिशतले वृद्धि भएको हो।
गत फागुनसम्म यो संख्या ३८ लाख २७७ पुगेको छ। गत वर्ष सामाजिक सुरक्षामा आबद्धको संख्या ३७ लाख ६ हजार ३२७ थियो । हरेक वर्ष राज्यले सामाजिक सुरक्षा भत्तामा खर्च गर्ने रकमको आकार पनि बढेको छ।
चालु आर्थिक वर्षमा संघीय सरकारले सामाजिक सुरक्षातर्फ २ खर्ब ९८ अर्ब ५७ करोड १९ लाख विनियोजन गरेको थियो। सामाजिक सुरक्षामा सरकारले छुट्याएको रकम कुल बजेटको १४७८ प्रतिशत, चालु बजेटको २२. ६७ प्रतिशत र कूल ग्रार्हस्थ उत्पादनको ५।५४ प्रतिशत हो।
१० वर्षअघि आर्थिक वर्ष ०७०/७१ मा कूल बजेटको ८.१७ प्रतिशत मात्र सामाजिक सुरक्षा शीर्षकमा खर्च भएको थियो।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच