बसले ठक्कर दिँदा मकवानपुरमा पैदलयात्रीको मृत्यु

बसले ठक्कर दिँदा मकवानपुरमा पैदलयात्रीको मृत्यु

अर्थ चौतारी

बसले ठक्कर दिँदा मकवानपुरमा पैदलयात्रीको मृत्यु

A A- A+

मकवानपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित पूर्व–पश्चिम सडकखण्डमा गए राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको हो।

 

सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको ना७ख १६७५ नम्बरको बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

उनका अनुसार मृतक पुरुषको हाल नामथर वतन खुलेको छैन।

 

मृतकको शव हेटौँडा अस्पतालमा राखिएको छ। उक्त घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?