काठमाडौं । काठमाडौंको नागढुंगा–थानकोट खण्डको पहिरोमा यात्रुले जोखिमपूर्ण यात्रा गरिरहेका छन् । पहिरोमा परेर केही यात्रु घाइतेसमेत भएका छन् ।
पहिरोले सडकको एउटा लेन पूरै बन्द भएको छ ।
लेदोमाटोसहित खसेको पहिरो पन्छाउने काम यो समाचार तयार पार्दासम्म सुरु नै भएको छैन ।नागढुंगा चेकपोइण्टमै पनि पहिरो खसेको छ । पहिरो जान थालेपछि काठमाडौं भित्रिने सवारी साधन चेकिङ गर्ने प्रहरीहरु ठाउँ सरेका छन् । अविरल वर्षासँगैको बाढी पहिरोबाट राजधानी काठमाडौंसहित देशभरको जनजीवन प्रभावित भएको छ ।
काठमाडौंका नदी र खोला निकारका बस्ती जलमग्न भएका छन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच