काठमाडौं, २० भदौ । कवाड व्यवसायी समाजले सहज रुपमा पेशा व्यवसाय गर्न पाउनु पर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकार्षण गराएको छ । आज (बिहीबार) प्रधानमन्त्री ओलीलाई भेटेर कवाडी व्यवसायी समाजका अध्यक्ष राम केवल गुप्ताले सरकारको ध्यानाकार्षण गराएको हो ।
वर्षौंदेखि कवाड व्यवसाय गर्दै आएका कवाड व्यवसायीहरुलाई काठमाडौं महानगरपालिकाले व्यवसायीहरु माथि अभद्र व्यवहार गरेको उनीहरुको आरोप छ । महानगरले वातावरण फोहर गरेको, आगलागीका घटना बढाएको, चोरीको घटना बढाएको जस्ता झुटा आरोप लगाएर कवाड व्यवसायलाई काठमाडौंबाट विस्तापित गर्न खोजेको उनीहरुको आरोप छ ।
उनीहरुले महानगरले कवाड व्यवसायीमाथि गरिरहेको तोडफोड तत्काल रोक्न लगाई सरल र सहज ढंगले संचालन गर्ने वातावरण बनाइदिन प्रधानमन्त्री ओलीसमक्ष आग्रह गरेका छन् । कवाड व्यवसायमाथि महानगरले तोडफोड गरेको, समान जफत गरेको, अभद्र व्यवहार व्यवसायको दर्ता नविकरण नगरेको र अन्य निकायमा पनि प्यान भ्याट दर्ता गर्न रोक लगाएको उनीहरुको भनाइ छ ।
कानुन बमोजिम दर्ता नविकरण गराउन चाहेका कवाड व्यवसायलाई दर्ता नविकरण गराउनुपर्ने, आफ्नो पेशा व्यवसाय गर्दै आएका कवाड व्यवसायीमाथि भईरहेको अराजक गतिविधि रोक लगाउनुपर्ने र व्यवसाय गर्न पाउने हकको हनन हुन नहुने कवाड व्यवसायीहरुको माग छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच