नेपालमा ओमिक्रोनको ‘केपी.१’ र ‘केपी.२’ भेरिएन्ट पुष्टि

नेपालमा ओमिक्रोनको ‘केपी.१’ र ‘केपी.२’ भेरिएन्ट पुष्टि

अर्थ चौतारी

नेपालमा ओमिक्रोनको ‘केपी.१’ र ‘केपी.२’ भेरिएन्ट पुष्टि

A A- A+

नेपालमा कारोना भाइरसको ओमिक्रोन भेरिएन्टको नयाँ सब भेरिएन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जेठ २ मा विभिन्न ४२ वटा नमूनाको जिन स्क्विेन्सिङ्ग गर्दा १२ वटामा केपी.१ र १७ वटामा केपी.२ सब भेरिएन्ट पुष्टि भएको जनाएको छ।

प्रयोगशालाका सूचना अधिकारी कृष्ण प्रसाद जैसीका अनुसार विश्व स्वास्थ्य सङ्गठनले केपी.२ नामक सब भेरिएन्टको बारेमा थप अध्ययन अनुसन्धान भइरहेको बताएको छ।

जैसीले हालसम्म केपी.१ र केपी.२ बढी सङ्क्रामक भएको वा मृत्यु गराएको प्रमाण फेला नपरेकाले आत्तिनुभन्दा पनि सावधानी अपनाउन आग्रह गरे।

ओमिक्रोनको यो सब भेरिएन्ट हालसम्म मभारत, सिङ्गापुर, अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?