प्रस्तावित राजदूत भट्टराईलाई अस्वीकृत गर्न समितिमा पुगेन दुई तिहाई बहुमत

प्रस्तावित राजदूत भट्टराईलाई अस्वीकृत गर्न समितिमा पुगेन दुई तिहाई बहुमत

अर्थ चौतारी

प्रस्तावित राजदूत भट्टराईलाई अस्वीकृत गर्न समितिमा पुगेन दुई तिहाई ...

A A- A+

काठमाडौं, ७ असोज । श्रीलङ्का लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईलाई अस्वीकृत गर्न बोलाइएको बैठक स्थगित भएको छ । संसदीय सुनुवाई समितिमा दुई तिहाई बहुमत नपुग्दा आजको बैठकले प्रस्तावित राजदूत भट्टराईलाई अस्वीकृत गर्न नसकेको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले बताए ।

नेता घिमिरेका अनुसार संसदीय समितिका १५ जना सदस्यमध्ये आजको बैठकमा ८ जनामात्रै उपस्थित भएका थिए । १० जना सदस्य अनिवार्य उपस्थित हुनुपर्ने भएकाले भोलि बैठक बसेर निर्णय गरिने उनले बताए । भोलि विहान ९ बजे बैठक बोलाइएको छ ।

श्रीलङ्का लागि प्रस्तावित राजदूत भट्टराईले स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र पेश गर्न नसक्दा उनी अस्वीकृत हुन लागेका हुन् । राजदूत नियुक्ति सम्बन्धी निर्देशिकाले न्यूनतम् योग्यता स्नातक तह निर्धारण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?