दक्षिणी युरोपमा प्रचण्ड गर्मी : बढ्न थाल्यो डढेलोको जोखिम

JPG converted with https://ezgif.com/webp-to-jpg

दक्षिणी युरोपमा प्रचण्ड गर्मी : बढ्न थाल्यो डढेलोको जोखिम

अर्थ चौतारी

दक्षिणी युरोपमा प्रचण्ड गर्मी : बढ्न थाल्यो डढेलोको जोखिम

A A- A+

काठमाडौं – युरोपका धेरै स्थानलाई अहिले तातो हावाको बहावले प्रभावित पारेको छ। धेरै सहरमा तापक्रम ४० डिग्री सेल्यिससम्म छ। इटाली, स्पेन र ग्रिस लगायत देशमा डढेलो र आगलागीको जोखिम बढेको भन्दै सबैलाई सचेत हुन भनिएको छ।जलवायु वैज्ञानिकले युरोपको दक्षिणी भागमा अन्य धेरै किसिमका समस्या आउन सक्ने चेतावनी दिएका हुन्। पोर्चुगल, स्पेन र इटालीमा तातो हावाको बहावपछि पर्यटक बाहिर निस्कन नै डराएका छन्।

आइतबार इटालीको स्वास्थ्य मन्त्रालयले रोम, मिलान र नेपल्स लगायत धेरै स्थान गर्मीको जोखिममा रहेको बताएको छ। गर्मी याम सुरु हुने बित्तिकै ग्रिसमा पनि आगलागी सुरु भएको छ। ग्रिक अधिकारीले अब आउनसक्ने समस्यालाई ध्यानमा राख्दै १३० दमकल, १२ विमान र १२ हेलिकोप्टर तैनाथ गरेका छन्। स्पेनमा तापक्रम बढ्दै गएपछि कमजोर प्रौढमाथि खतरा भएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?