श्रीलंकामा वामपन्थी नेता दिसानायके नयाँ राष्ट्रपति

National People's Power (NPP) party's presidential candidate Anura Kumara Dissanayaka leaves a polling station after casting his ballot during voting in Sri Lanka's presidential election in Colombo on September 21, 2024. Cash-strapped Sri Lanka began voting for its next president September 21 in an effective referendum on an unpopular International Monetary Fund austerity plan enacted after the island nation's unprecedented financial crisis. (Photo by Ishara S. KODIKARA / AFP)

श्रीलंकामा वामपन्थी नेता दिसानायके नयाँ राष्ट्रपति

अर्थ चौतारी

श्रीलंकामा वामपन्थी नेता दिसानायके नयाँ राष्ट्रपति

A A- A+

काठमाडौं, असोज ७ । श्रीलंकामा वामपन्थी नेता अनुरा कुमारा दिसानायके नयाँ राष्ट्रपति चुनिएका छन्। ५५ वर्षीय दिसानायके नेसनल पिपुल्स पावर (एनपिपी) गठबन्धनका प्रमुख हुन्। निर्वाचनबाट विजयी घोषणा भएपछि दिसानायकेले यो उपलब्धि कुनै एक व्यक्तिको नभई हजारौं जनताको भएको बताएका छन्।

पहिलो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतगणना भएको थियो। पहिलो चरणको मतगणनामा दिसानायकेले ४२.३१ प्रतिशत र उनका निकटतम प्रतिस्पर्धी सजिथ प्रेमदासाले ३२.७६ प्रतिशत मत प्राप्त गरेका थिए। दोस्रो चरणको मतगणनाबाट दिसानायके श्रीलंकाको नवौं राष्ट्रपतिमा निर्वाचित भएको घोषणा त्यहाँको निर्वाचन आयोगले आइतबार साँझ गरेको हो।

श्रीलंकाको इतिहासमा कुनै पनि उम्मेदवारले चुनाव जित्न आवश्यक पर्ने ५० प्रतिशतभन्दा बढी मत नपाएको यो पहिलो पटक हो। पहिलो चरणमा कसैको बहुमत नपुगेपछि दोस्रो चरणको मतगणना गर्नुपरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?