श्रीलंकाको राजदूतमा प्रस्तावित भट्टराईंको शैक्षिक योग्यताको प्रमाणपत्र नभेटेपछि समितिमा खैलाबैला, अस्वीकृत गर्नेबारे छलफल

श्रीलंकाको राजदूतमा प्रस्तावित भट्टराईंको शैक्षिक योग्यताको प्रमाणपत्र नभेटेपछि समितिमा खैलाबैला, अस्वीकृत गर्नेबारे छलफल

अर्थ चौतारी

श्रीलंकाको राजदूतमा प्रस्तावित भट्टराईंको शैक्षिक योग्यताको प्रमाणपत्र नभेटेपछि समितिमा ...

A A- A+

काठमाडौं । श्रीलंकाको लागि नेपाली राजदूतमा सिफारिस भएका रामकृष्ण भट्टराईको स्नातक पास भएको शैक्षिक योग्यताको प्रमाणपत्र नभेटिएपछि नाम अनुमोदन गर्ने कि नगर्ने भन्नेमा अन्यौलता देखिएको छ ।

विभिन्न १७ देशको राजदूतमा सिफारिस भएकाहरुको सम्बन्धनमा निर्णय लिन बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकमा भट्टराईको शैक्षिक योग्यताको प्रमाणपत्र नभेटिएको हो ।

समितिको बिहीबारको बैठकमा सभापति ईश्वरीदेवी न्यौपानेले श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईको स्नातक गरेको प्रमाणपत्र नभेटिएको अवस्थामा के गर्ने भनी समिति सदस्यहरूलाई छलफल गर्न भनेकी छन् । उनलाई राजदूतमा अनुमोदन गर्दा राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ विपरीत हुने कि नहुने भन्ने विषयमा छलफल भइरहेको छ ।

राजदूतको नियुक्ति सम्बन्धी निर्देशिकामा राजदूत हुनका लागि स्नातक पास गरेको हुनुपर्ने उल्लेख गरेको छ । सरकारले गत साउन १५ गते भट्टराईसहित १७ जनालाई राजदूतमा सिफारिस गरेको थियो । उनी नेपाली कांग्रेसको कोटाबाट राजदूत सिफारिस भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?