काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीले बजेटको पक्षमा मतदान नगर्ने अवस्था आउने सम्मको चेतावनी दिएका छन् ।प्रतिनिधि सभामा बुधबार मन्त्रालयगत बजेट छलफलमा आफ्नो धारणा राख्दै चौधरीले भौतिक पूर्वाधार मन्त्रीले बजेटमा एकलौटी गरेको आरोप लगाएका हुन् । उनले बजेट सन्तुलित नभएको भन्दै आफूले पक्षमा मतदान नगर्ने सम्मको अवस्था आउन सक्ने बताएका थिए ।‘हाम्रो टाउको गनेर सरकार चलिरहेको छ भन्ने कुरा माननीय मन्त्रीज्यूहरूले बिर्सिनुभयो। हाम्रै मतले तपाईँहरूले झन्डा हल्लाएर हिँड्न पाएको हो। यो बजेट पास गर्ने बेला पनि हाम्रो मत चाहिन्छ भन्ने कुरा बिर्सनु भयो’, उनले भने, ‘बजेट पास गर्ने बेला दुई चार टाउको÷मत कम गरेर क्यालकुलेटर गर्नुहोला ।’प्रधानमन्त्रीलाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति सरकारमा जाने तयारीमा पनि रहेको छ । तर, नाउपाभित्रै प्रभावशाली मानिएका चौधरी बजेटप्रति असन्तुष्ट छन् । उनी केन्द्रको मात्रै होइन प्रदेशकै बजेटप्रति पनि असन्तुष्टि रहेको बताइन्छ ।उनले आफूले अहिलेकै अवस्थामा बजेट समर्थन गरेर पारित गर्ने अवस्था नरहेको बताउँदै आइरहेका छन् ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच