फिल्म ‘ममी’ को ललितपुरको लुभुमा गरियो शुभ–मुहूर्त’

फिल्म ‘ममी’ को ललितपुरको लुभुमा गरियो शुभ–मुहूर्त’

अर्थ चौतारी

फिल्म ‘ममी’ को ललितपुरको लुभुमा गरियो शुभ–मुहूर्त’

A A- A+

काठमाडौं । अभिनेत्रीद्धय प्रियंका कार्की र दीया मास्केले आगामी फिल्म ‘ममी’को छायांकन थालेका छन् । यसवर्षको सुपरहिट फिल्म ‘बोक्सीको घर’ फेम्ड निर्देशक सुलक्षण भारती समेत यसमा अभिनय गर्दैछन् ।

राष्ट्रिय चलचित्र दिवस र विश्वकर्मा पूजाको अवसरमा मंगलबार लुभुस्थित महालक्ष्मी महाभैरव मन्दिरमा शुभसाइत पूजा गर्दै छायांकन थालिएको हो । हरर जनराको यो फिल्मलाई सो ट्वान्टी फाइभको ब्यानरमा निर्माण गर्न लागिएको हो । समर निरौलाले निर्देशन गर्ने फिल्मको पटकथालाई पूर्णिमा जोशी र समर निरौलाले संयुक्तरुपमा लेखेका हुन् । लोकराज जोशी र पूर्णिमा जोशीले फिल्म निर्माण गर्न लागेका हुन।

फिल्ममा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रीना ढकाल लगायत कलाकारको समेत अभिनय छ । फिल्मलाई शरद महतोले खिच्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?