कांग्रेसको अवरोधपछि मंगलवारसम्मका लागि राष्ट्रिय सभा बैठक स्थगित

कांग्रेसको अवरोधपछि मंगलवारसम्मका लागि राष्ट्रिय सभा बैठक स्थगित

अर्थ चौतारी

कांग्रेसको अवरोधपछि मंगलवारसम्मका लागि राष्ट्रिय सभा बैठक स्थगित

A A- A+

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधसँगै राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ।

सोमवारको राष्ट्रिय सभा बैठकमा पनि कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि बैठक स्थगित भएको हो। कांग्रेसको बिरोधपछि बैठक मंगलवार सवा १ बजेसम्मका लागि स्थगित भएको छ।

सो क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक अवरुद्ध हुँदा काम कारबाही अघि बढ्न नसकेको र प्राप्त उपलब्धिहरुमाथि औंला ठड्याउने काम भइरहेको बताए।

उनले राष्ट्रिय सभा सबै समस्या हल गर्ने थलो भएकाले आसन ग्रहण गरेर बैठक सञ्चालन गर्न दिन आग्रह गरे। अध्यक्षको आग्रहपछि पनि कांग्रेसले उठेर विरोध जनाएपछि बैठक मंगलवारसम्मका लागि स्थगित गरिएको अध्यक्ष दाहालले घोषणा गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?