कुलमानको रिट दर्ता, शुक्रबार पेसी

कुलमानको रिट दर्ता, शुक्रबार पेसी

अर्थ चौतारी

कुलमानको रिट दर्ता, शुक्रबार पेसी

A A- A+

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले पेस गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जामन्त्री दीपक खड्का, प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितमान शाक्यलाई विपक्षी बनाइ दायर भएको रिटमा उनले कार्यकारी निर्देशकमा पुनर्स्थापना गर्नुपर्ने माग गरेका छन् ।घिसिङले गैरकानुनी रूपमा आफूलाई हटाइएको भन्दै पुनर्स्थापनाको माग गर्दै बुधवार रिट निवेदन पेस गरेका दिएका थिए । उक्त रिट आज मात्रै दर्ता भएको सर्वोच्च प्रशासनले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?