काठमाडौं । गौशाला चोकमा रहेको नियम विपरीत बनेको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।
सडक क्षेत्र र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर तथा संरचनामा भत्काइएको हो ।
सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरू भत्काउन महानगरपालिकाले बिहान चार वटा डोजर प्रयोग गरेको छ ।
गौशालातर्फबाट एयरपोर्टतर्फ जाने सडक खण्डमा सडक सीमा क्षेत्रभित्र परेका घरहरू भत्काइएको हो । पहिलो दिन ६ वटा घरहरू भत्काइएको छ ।
बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर भएपछि अतिक्रमित संरचना हटाउने काम तीव्र बनेको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच