सत्तारुढ दलले उपसभामुख रानालाई हटाउने तयारी गरेको भन्दै माओवादीको विरोध

सत्तारुढ दलले उपसभामुख रानालाई हटाउने तयारी गरेको भन्दै माओवादीको विरोध

अर्थ चौतारी

सत्तारुढ दलले उपसभामुख रानालाई हटाउने तयारी गरेको भन्दै माओवादीको ...

A A- A+

काठमाडौं, २५ भदौ । नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने सत्तारुढ दलको तयारीको विरोध गरेको छ । आज (मंगलबार) प्रतिनिधि सभामा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे उपसभामुख रानालाई हटाउने सत्तारुढ दलको तयारीमा आफूहरुको तीब्र विरोध रहेको बताएका हुन् ।

‘उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने भन्ने समाचार छ्पाप्छ्याप्ती आएको छ । यदि त्यसरी हटाउने हो भने हाम्रो दल तीब्र प्रतिवाद गर्दछ, विरोध गर्दछ,’– उनले भने ।

उपसभामुख रानाले पदीय मर्यादाविपरीत अमेरिका जानका लागि केही मानिसहरुलाई सिफारिस गरेर अमेरिकी दूतावासलाई पत्र लेखेको भन्दै प्रतिनिधि सभामा प्रश्न उठिरहेको छ । सत्तारुढ दलहरुले पनि उपसभामुख रानाले मार्ग प्रशस्त नगरे महाअभियोग लगाउने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?