निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई विशेष अदालतले माग्यो ५० हजार धरौटी

निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई विशेष अदालतले माग्यो ५० हजार धरौटी

अर्थ चौतारी

निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई विशेष अदालतले माग्यो ५० हजार ...

A A- A+

काठमाडौं । निलम्बित मुख्यसचिव बैकुण्ठ अर्यालसँग विशेष अदालतले ५० हजार धरौटी मागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियोग पत्र दायर गरेको ३५ दिनपछि उनी आज बयान दिन पुगेका थिए । थुनछेक बहसको क्रममा उनीसँग ५० हजार धरौटी मागिएको हो । आइतबार अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई धरौटीको आदेश गरेको हो । मुख्य सचिव अर्याल सञ्चार मन्त्रालयका सचिव हुँदा अन्तःशुल्क स्टिकर छपाइमा हिनामिना भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।अख्तियारले ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रूपैयाँ बिगो दाबी गरेको छ । सुरक्षण मुद्रण केन्द्रले ४३ करोड ३२ थान स्टिकर प्रतिथान ८९ रूपैयाँले छाप्नेगरी सम्झौता गरेको थियो । महंगोमा स्टिकर छापेको भन्दै मुख्य सचिव अर्यालविरुद्ध उजुरी परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा अन्तः शुल्क स्टिकर महंगोमा छापेको अख्तियारको निष्कर्ष छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?