कोरोना बीमा रकम भुक्तानी माग गर्दै सरकारविरुद्ध सर्वोच्चमा रिट दायर

कोरोना बीमा रकम भुक्तानी माग गर्दै सरकारविरुद्ध सर्वोच्चमा रिट दायर

अर्थ चौतारी

कोरोना बीमा रकम भुक्तानी माग गर्दै सरकारविरुद्ध सर्वोच्चमा रिट ...

A A- A+

काठमाडौं– कोरोना बीमा रकम भुक्तानी माग गर्दै संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । यसअघिको सहमतिअनुसार कोरोना बीमा रकम भुक्तानी नगरेको भन्दै नेपाल बीमक संघले सरकारलाई विपक्षी बनाउँदै आइतबार रिट दायर गरेको हो । रिट निवेदनमाथि सोमबार बिहान १० बजे पेशी तोकिएको छ।  संघले सो रकम भुक्तानी गराइ पाउँ भन्दै अन्तरिम आदेश माग गरेको छ । बीमा कम्पनीहरूले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ। सरकारसँग भएको सम्झौता र कोरोना बीमा मापदण्ड अनुसार उक्त दायित्व सरकारले बेहोर्नुपर्ने भए पनि भुक्तानी नभएको भन्दै सरकारविरुद्ध रिट दायर गरिएको संघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?