धनगढी : सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नागरिक उन्मुक्तिका सांसदहरूले नाराबाजीले गरेका छन् ।
आज मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा कांग्रेससहित नागरिक उन्मुक्तिको रेशम चौधरी पक्षका सांसदहरूले अवरोध गर्नुका साथै नाराबाजी गरेका हुन् ।
उनीहरूले दीर्घ सोडारीलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको कदम असंवैधानिक रहेको जिकिर गरेका छन् ।
सभामुख भीम बहादुर भण्डारीले मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूचीतर्फ बढ्न आग्रह गरेका थिए।
त्यसपछि नागरिक उन्मुक्तिका सांसद घनश्याम चौधरीलाई बोल्न दिएका थिए।
चौधरीले नागरिक उन्मुक्ति दलका नेता सर्वसम्मतमा आफू रहेको र असंवैधानिक रूपमा कैलाश चौधरीको हस्ताक्षरले सरकार बनेकाले सरकार असंवैधानिक रहेको बताएका थिए।
ु सरकारसँग सरकार निर्माण गर्नुपर्ने बहुमत संख्या नभएकाले प्रदेश सभाबाट बहुमतको विश्वास लिने कार्य पनि असंवैधानिक छ।प्रदेशसभाबाट यो असंवैधानिक सरकार खारेजको माग गर्छु, उनले भने।
त्यसपछि कांग्रेस र नागरिक उन्मुक्तिका सांसदहरू नाराबाजी गर्दै वेल घेर्न पुगेका थिए।
कांग्रेस र नागरिक उन्मुक्तिका सांसदहरूले वेल घेरेर नाराबाजी गरेपछि सभामुख भण्डारीले ३० मिनेटका लागि बैठक स्थगित गरेका छन्।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच