इन्स्टाग्रामका धेरै पोस्ट एकैपटक कसरी डिलिट गर्ने ?

इन्स्टाग्रामका धेरै पोस्ट एकैपटक कसरी डिलिट गर्ने ?

अर्थ चौतारी

इन्स्टाग्रामका धेरै पोस्ट एकैपटक कसरी डिलिट गर्ने ?

A A- A+

आजको डिजिटल युगमा आफ्नो सोसल मिडिया उपस्थितिलाई व्यवस्थित गर्ने कुरा निकै महत्वपूर्ण हुन्छ । इन्स्टाग्रामजस्ता प्लाटफर्ममा त यो झन आवश्यक हुन्छ।फिचर तथा अपडेटहरूको निरन्तरको विकाससँगै सोसल मिडिया प्लाटफर्ममा आफ्ना सामग्रीहरूको व्यवस्थापन कहिलेकाही निकै मुस्किल लाग्दछ । तर, लोकप्रिय सोसल मिडिया साइट इन्स्टाग्रामले भने एकैपटकमा धेरैवटा पोस्टहरू डिलिट गर्ने वा आर्काइभ गर्न सकिने सुविधा दिएर उक्त जटिलतालाई सजिलो बनाइदिएको छ ।सोसल मिडियाका सामग्री व्यवस्थापन प्रक्रियालाई सहज बनाउन चाहनेका लागि इन्स्टाग्राम पोस्टलाई थोकमा डिलिट वा आर्काइभ गर्ने फिचर निकै उपयोगी हुन्छ कन्टेन्ट क्रियटर्स होस् वा आम साधारण प्रयोगकर्ता नै किन नहोस् यो फिचरले आफ्नो प्रोफाइललाई व्यवस्थित बनाउन, असान्दर्भिक सामग्रीलाई हटाउन तथा फिडलाई प्रभावकारी रुपमा मिलाउनका लागि यो फिचरले सहयोग गर्दछ ।

धेरैवटा इन्स्टाग्राम पोस्टलाई एकैपटक डिलिट वा आर्काइभ यसरी गर्नुहोस् :

  • आफ्नो मोबाइलमा इन्स्टाग्राम एप खोल्नुहोस्
  • स्क्रिनको पिँधमा दायाँ छेउमा रहेको आइकनमा ट्याप गरी प्रोफाइलमा जानुहोस्
  • मेन्यूमा जानका लागि माथि दायाँ रहेको तीन लाइनवाला आइकनमा ट्याप गर्नुहोस्
  • मेन्यू अप्सनबाट Your activity छान्नुहोस्
  • त्यहाँ रहेको दोस्रो अप्सन Photo and video छान्नुहोस्
  • आफ्ना सबै पोस्ट हेर्नका लागि post अप्सनमा ट्याप गर्नुहोस्
  • कुनै निश्चित खालका पोस्टहरु मात्र छान्नका लागि Sort and Filter को प्रयोग गर्नुहोस्
  • त्यसपछि माथि दायाँ छेउमा रहेको Select मा ट्याप गर्नुहोस्
  • आफूले डिलिट गर्न चाहेको वा आर्काइभ गर्न चाहेको पोस्टहरू  छान्नुहोस्
  • त्यसरी छानिसकेपछि archive वा Delete मा ट्याप गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?