काठमाडौं- कैलालीको घोडाघोडी नगरपालिकाले सङ्घीय शिक्षा ऐन विपरीत प्रअ नियुक्त गरेको भन्दै नेकपा एमाले घोडाघोडी नगर कमिटीले आफ्नो निर्णय सच्चाउन माग गरेको छ । नगर प्रमुख खडक बहादुर रावतलाई ज्ञापन पत्र बुझाउँदै नगर कमिटीले माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी समेत नगर कमिटीले दिएको छ ।
शैक्षिक सत्रको बिचमा प्रअ नियुक्ति गर्ने, शिक्षक सरुवा गर्ने र काज सरुवा गर्ने काम तुरुन्त स्थगित तथा बदर हुने पर्ने, सम्मानित सर्वोच्च अदालत र उच्च अदालतमा विचाराधीन अवस्थामा रहेको प्रअ व्यवस्थापन विवादको न्याय निरूपण र फैसला नआउने बेला सम्म यथावत् रहने गरी यो विषय थाती राख्नु पर्ने बुझाएको ज्ञापन पत्र उल्लेख गरीएको छ । ‘प्रचलित सङ्घीय शिक्षा ऐन र नियम सित बाझिएको नगर शिक्षा ऐन र नियमावलीमा विषयमा न्याय निरूपण हुने गरी समाधानको उपाय खोजी गरिनु पर्ने’ बुझाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच