माओवादीलाई १७ हजारको हत्यारा भन्ने देशको प्रधानमन्त्री हुनसक्दैन, ओलीले द्वन्द्वको निम्तो दिएः वाईसीएल अध्यक्ष शेर्पाली

माओवादीलाई १७ हजारको हत्यारा भन्ने देशको प्रधानमन्त्री हुनसक्दैन, ओलीले द्वन्द्वको निम्तो दिएः वाईसीएल अध्यक्ष शेर्पाली

अर्थ चौतारी

माओवादीलाई १७ हजारको हत्यारा भन्ने देशको प्रधानमन्त्री हुनसक्दैन, ओलीले ...

A A- A+

काठमाडौं, १६ भदौ । नेकपा (माओवादी केन्द्र) का केन्द्री सदस्य एवं योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका अध्यक्ष सुबोधराज शेर्पालीले प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को द्वन्द्वको निम्तो दिएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले हिजो माओवादी सशस्त्र विद्रोहलाई हिंसा भनी अभिव्यक्ति दिएका थिए । ओलीको सोही अभिव्यक्तिमा असहमति जनाउँदै शेर्पालीले देशको प्रधानमन्त्रीलाई संविधान र कानुन बाहिर गएर बोल्ने छुट नरहेको बताएका छन् । उनले माओवादीलाई १७ हजारको हत्याराको आरोप लगाउने व्यक्ति देशको प्रधानमन्त्री हुनै नसक्नेसमेत टिप्पणी गरेका छन् ।

‘माओवादीलाई १७ हजारको हत्यारा भन्ने देशको प्रधानमन्त्री हुनै सक्तैन । किनकी प्रधानमन्त्री देशको मूल कानुन, अर्थात् संविधानको अधिनमा रहेर आफ्नो अभिव्यक्ति दिनेगर्छ । केपी शर्मा ओलीले दिएको अभिव्यक्ति गठबन्धन सरकारको प्रधानमन्त्रीले दिएको हो भने अर्को भीषण द्वन्दको निम्तोको संकेतका रूपमा यसलाई लिनुपर्छ,’– उनले भनेका छन् ।

त्यस्तै ओलीको अभिव्यक्ति एमाले पार्टी अध्यक्षको हैसियतमा भएको खण्डमा पनि संविधानले स्वीकार गरेको सशस्त्र संघर्ष, जनयुद्ध र जनआन्दोलनको मर्म र भावनाविपरीत हुने उनको भनाइ छ । पछिल्ला गतिविधिमा कांग्रेसको मौनता प्रधानमन्त्री ओलीको अराजकताले देशमा महासंकट निम्तिनसक्ने उनले संकेत गरेका छन् । ‘हेर्नलायक के छ भने, यी सबै गतिविधिमा कांग्रेसको मौनता र केपी ओलीको अराजकताका कारण देशमा ठुलो महासंकट निम्तन सक्छ । सचेत राजनैतिक दलहहरू, नागरिक समाज सबै सचेत बनौं । मुर्खको चंगुलबाट राष्ट्रलाई जोगाऔं,’– उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?