केन्यामा लगेर बन्धक बनाउँदै साढे ५ करोड ठगेको आरोपमा ३ जना पक्राउ

केन्यामा लगेर बन्धक बनाउँदै साढे ५ करोड ठगेको आरोपमा ३ जना पक्राउ

अर्थ चौतारी

केन्यामा लगेर बन्धक बनाउँदै साढे ५ करोड ठगेको आरोपमा ...

A A- A+

काठमाडौँ  :  केन्यामा लगेर बन्धक बनाउँदै साढे ५ करोड ठगेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

नेपालबाट १० जना युवा युवतीलाई ‘अमेरिका पठाउँछौँ’ भनेर केन्यामा लगेर बन्धक बनाएर ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो । उनीहरुले अवैध बाटोबाट अमेरिका र क्यानडा पठाउँछौँ भनेर पीडितहरूलाई केन्याको नैरोबीमा पुर्‍याएको बताइएको छ।

 

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सिदुर्चे गाउँपालिका–२ घर भएर गोकर्णेश्वर बस्ने ४३ वर्षीय ङिमवटी शेर्पा, १९ वर्षीय निमा शेर्पा र भोटेकोसी गाउँपालिका–२ घर भएर बुढानीलकण्ठ बस्ने ४७ वर्षका टासी शेर्पा छन् ।उनीहरुले १० जनाबाट ५ करोड ५० लाख ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए ।

 

अरुण तामाङ सहितका १० जनालाई उनीहरूले केन्याको नैरोबी हुँदै जिम्मरमान भन्ने ठाउँमा पठाएर बन्धक बनाएका हुन् । त्यहाँ बिचौलियाहरूले दुई वटा फ्ल्याटमा पीडितहरूलाई ६ महिनासम्म राखेको अनुसन्धानमा संलग्न डीएसपी गोविन्द पन्थीले जानकारी दिए । उनी भन्छन्–‘त्यहाँ अझै पनि नेपालीहरू बन्धक छन् भन्ने सूचना आएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?