पलेशा गोवर्धन पेरिस पारालिम्पिक्सको क्वार्टरफाइनलमा रोकिएकी छन् । पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलियन सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग पराजित हुँदै क्वार्टरफाइनमै रोकिएकी हुन् । प्रतिस्पर्धात्मक खेलमा पलेशा सुरुवाती अग्रता जोगाउन नसक्दा १०-८ को साँधुरो हार भोग्न बाध्य भइन् । के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुहको प्रतिस्पर्धामा सुरुवाती दश सेकेन्डभित्र पलेशाले अग्रता बनाइकी थिइन् ।
खेल सकिन ५६ सेकेन्ड बाँकी रहँदा पलेशा ८-३ ले अगाडी थिइन् । तर बाँकी समयको खेलामा सिल्भानाले एकतर्फी अंक बटुलिन् र १०-८ को जित निकालिन् । ब्राजिलियन सिल्भानाले लगातार सात अंक जोड्दा ६ अंक बडी किक बाट र १ अंक पेनाल्टीबाट थियो । पलेशाले अब रिपाचेजमार्फत् कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछिन्।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच