चालु आर्थिक वर्ष लुम्बिनीको बजेट खर्च ६६ प्रतिशत, कुन मन्त्रालयको कति ?

चालु आर्थिक वर्ष लुम्बिनीको बजेट खर्च ६६ प्रतिशत, कुन मन्त्रालयको कति ?

अर्थ चौतारी

चालु आर्थिक वर्ष लुम्बिनीको बजेट खर्च ६६ प्रतिशत, कुन ...

A A- A+

काठमाडौँ । चालु आर्थिक वर्ष लुम्बिनी प्रदेश सरकारले ६६.१४ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय लुम्बिनीका अनुसार प्रदेश सरकारले चालुतर्फ ६२.३८ र पुँजीगततर्फ ६८.९३ प्रतिशत बजेट खर्च गरेको हो लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । जसमध्ये असार २४ गते (चालु आर्थिक वर्षको भुक्तानीको अन्तिम दिन) सम्म २६ अर्ब ७७ करोड ३५ लाख ११ हजार २०३ रुपैयाँ ४० पैसा खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।सो कार्यालयका अनुसार लुम्बिनी प्रदेशको खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयको बजेट खर्च प्रतिशत सबैभन्दा बढी छ । सो मन्त्रालयले ७७.४० प्रतिशत बजेट खर्च गरेको छ । बजेट खर्च प्रतिशत सबैभन्दा कमजोर रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जम्मा १६.६९ प्रतिशतमात्र बजेट खर्च गरेको हो ।प्रदेश सभा सचिवालयले ६६.३४ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लोक सेवा आयोगले ६९.५३ प्रतिशत बजेट खर्च गरेको छ । यस्तै अर्थ मन्त्रालयले ५०.०९ प्रतिशत, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले ४७.१० प्रतिशत बजेट खर्च गरेको छ ।कृषि तथा भूमि व्यवस्था मन्त्रालयले ६२.७४, गृह मन्त्रालयले ६२.१ं०, वन तथा वातावरण मन्त्रालयले ६२.७९ प्रतिशत बजेट खर्च गरेका छन् ।यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयले ७०.०६, सामाजिक विकास मन्त्रालयले ५४.३९, स्वास्थ्य मन्त्रालयले ७३.४९ प्रतिशत बजेट कार्यान्वयन गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।यसैगरी प्रदेश योजना आयोगले ४१.९७ बजेट खर्च गरेको छ । स्थानीय तह वित्त हस्तान्तरणतर्फ भने ९३.९१ प्रतिशत खर्च भएको छ ।

lumbini

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?