काठमाडौँ । दक्षिण अफ्रिकाका तीव्र गतिका बलर कागिसो रबाडाको अस्थायी प्रतिबन्ध हटेको छ । गत जनवरीमा डोपिङ परीक्षणमा असफल भएका रबाडामाथिको अस्थायी प्रतिबन्ध हटेको दक्षिण अफ्रीकाको इन्स्टिच्युट अफ ड्रग फ्री स्पोर्ट्सले जानकारी गराएको हो ।
उनले यस वर्ष जनवरीमा दक्षिण अफ्रिका टी-२० लिगको क्रममा आईसीसीले प्रतिबन्धित औषधि सेवन गरेको खुलेको थियो । उनको डोपिङ परीक्षण पोजेटिभ आएपछि उनी अप्रिल ३ मा आईपीएल छोडेर दक्षिण अफ्रिका फर्किएका थिए । दक्षिण अफ्रीकाको इन्स्टिच्युट अफ ड्रग फ्री स्पोर्ट्सले रबाडा अब बुधबारदेखि नै खेलमा फर्किन सक्ने जानकारी दिएको छ ।
यसअघि रबाडा आफैले आफु डोपिङ परिक्षणमा असफल भएकाले अस्थायी प्रतिबन्धमा रहेको जानकारी गराएका थिए । उनले भनेका थिए- 'डोप परीक्षणमा पोजेटिभ आएपछि म दक्षिण अफ्रिका फर्कनु पर्यो । म फ्यानहरू र मेरो टोलीसँग माफी चाहन्छु । म क्रिकेटलाई कहिल्यै हल्का रूपमा लिन चाहन्न । दक्षिण अफ्रिकाको लागि क्रिकेट खेल्नु मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि हो, म आफ्नो गल्तीप्रति लज्जित छु । म हाल अस्थायी प्रतिबन्धको सामना गरिरहेको छु, तर चाँडै नै क्रिकेट मैदानमा फर्कनेछु ।'
रबाडाले अगाडी भने- 'म एक्लै यो अवस्थाको सामना गर्न सक्दिनथें । म मेरो एजेन्ट, क्रिकेट साउथ अफ्रिका र गुजरात टाइटन्सलाई उनीहरूको समर्थनको लागि धन्यवाद दिन्छु । यस परिस्थितिमा मलाई साथ दिने मेरा साथीभाइ र परिवारलाई पनि म धन्यवाद दिन चाहन्छु । म यो मेरो जीवनमा कालो धब्बा बन्न चाहन्न । म सधैं पूर्ण परिश्रम र समर्पणका साथ देशको लागि क्रिकेट खेलिरहनेछु ।'
रबाडालाई १८औं आईपीएल सिजनमा गुजरात टाइटन्सले किनेको थियो । यद्यपि, उनले टोलीका लागि केवल २ खेल मात्र खेल्न सके, जसमा उनले २ विकेट लिए । दोस्रो खेल पछि, उनी अप्रिल ३ मा दक्षिण अफ्रिका फर्कनु परेको थियो । उनलाई कति दिन वा महिनाको लागि प्रतिबन्ध लगाइएको थियो भन्ने कुरा अझै खुलाइएको छैन । रबाडा दक्षिण अफ्रिकी टोलीको एक महत्वपूर्ण हिस्सा हुन् । दक्षिण अफ्रिकाले अर्को महिना जुन ११ मा अष्ट्रेलियाविरुद्ध विश्व टेस्ट च्याम्पियनसिपको फाइनल पनि खेल्ने तालिका छ । रबाडामाथिको प्रतिबन्ध फुकुवा भएसँगै दक्षिण अफ्रिकालाई ठुलो राहत भएको छ ।
रबाडाले २०१४ मा टी-२० मा डेब्यू गरेका थिए भने २०१५ मा एकदिवसीय र टेस्ट ढाँचामा डेब्यू गरेका थिए । उनले दक्षिण अफ्रिकाका लागि ७० टेस्टमा ३२७ विकेट, १०६ एकदिवसीयमा १६८ विकेट र ६५ टी-२० मा ७१ विकेट लिएका छन् । उनले तीनवटै ढाँचामा १५०० भन्दा बढी रन बनाएका छन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच