तेस्रो जनआन्दोलनको तयारीका लागि पहिचानवादी घटकबीच सहकार्य र मोर्चाबन्दी गर्ने सहमति

तेस्रो जनआन्दोलनको तयारीका लागि पहिचानवादी घटकबीच सहकार्य र मोर्चाबन्दी गर्ने सहमति

अर्थ चौतारी

तेस्रो जनआन्दोलनको तयारीका लागि पहिचानवादी घटकबीच सहकार्य र मोर्चाबन्दी ...

A A- A+

काठमाडौं, १४ भदौ । तेस्रो जनआन्दोलनको तयारीका लागि विभिन्न पहिचानवादी घटकबीच सहकार्य र मोर्चावन्दी गर्ने सहमति भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सहमति सार्वजनिक गरिएको हो ।

प्रा.डा.महेन्द्र लावती संयोजक रहेको पहिचानवादी मोर्चा, श्रवण थारु संयोजक रहेको थरुहट थारुवान राष्ट्रिय मोर्चा, कैलाश महतो केन्द्रिय अध्यक्ष रहेको स्वधिन मधेस जन अभियान, मनोज जैगढी केन्द्रिय अध्यक्ष रहेको नेपाल बौद्ध अम्बेडकर महासभा र ज्ञानबहादुर गुरुङ संयोजक रहेको नागरिक उन्मुक्ति पार्टीको राजनैतिक मोर्चाबीच सहकार्य र मोर्चाबन्दी गर्ने सहमति भएको हो ।

देशमा व्याप्त आर्थिक शोषण, भ्रष्टाचार, जात व्यवस्था, लैङ्गिक असमानता, सांस्कृतिक, धार्मिक, जातीय र वर्गीय शोषण विरुद्ध लड्दै एकल जातीय राज्यको अन्त्य गरि बहुसांस्कृतिक राज्य स्थापना गर्न तेस्रो जनआन्दोलनको तयारी गरिएको बताइएको छ ।

पहिचानवादी मोर्चाका संयोजक प्रा.डा. लावतीले पहिचानवादी मोर्चाको लक्ष्य एकल जातीय राज्यको अन्त नै रहेको र आजको सहमति पनि त्यसैका लागि रहेको बताए । गणतन्त्र आइसक्दा पनि अझैं एकल जातीय राज्य कायमै रहेको उनले बताए । प्रा.डा. लावतीले एकल जातीय राज्य फालेर देशलाई जिम्मा लिएर यसलाई समावेशी बनाउनु आफूहरुको लक्ष्य रहेको बताए । ‘नेपालको एकल जातीय राज्यको अन्त्य गर्नसक्छौं भन्ने हामीलाई विश्वास छ । आज हाम्रो यो सहकार्य र मोर्चाबन्दी यसकै लागि हो,’– लावतीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?