काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका-५ मा प्राङवुङ विस्फोट हुँदा २ बालबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दिलीप साबाका ११ वर्षका छोरा डिक्सन साबा र २ वर्षकी छोरी प्रिन्सा साबा रहेको वडाध्यक्ष भरत खपाङ्गीले बताए ।
उनका अनुसार २ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको अर्को एक जनाको स्थानीय अस्पतालमा उपचार पछि जिल्ला अस्पताल पठाइएको छ ।
अहिले त्यस ठाउँमा अर्को ग्रिनेट पनि भेटिएको उनले बताए । त्यो क्षेत्र सिल गरिएको छ । नेपाली सेनाको डिस्पोजल टोली त्यहाँ पुगेको छ ।
उनको अनुसार आइन्द्र केरुङको घरमा विस्फोटक पदार्थ भेटिएको हो । बच्चाहरुले कुलेसोमा भेटाएको र खेल्नेक्रममा विस्फोट भएको हुनसक्ने बताइएको छ । थप विस्फोटक पदार्थ हुनसक्ने आशंकामा गरिएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच