फर्निचर उद्योगमा आगलागी

अर्थ चौतारी

फर्निचर उद्योगमा आगलागी

A A- A+

झापा– झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ ।

स्थानीय मोतीबहादुर खड्काको एक तले टिनको घरमा सञ्चालित खड्का फर्निचर उद्योगमा विद्युत् चुहावट भई आइतबार राति आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब परीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

बिर्तामोड नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट उद्योगमा रहेको काठ चिर्ने मेसिन र काठपात पूर्णरूपमा जलेर नष्ट भएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?