नेपालगन्ज-बाँकेको गनापुरमा बिहिबार बस पल्टिदा दुई जनाको मृत्यु भएको छ। दाङबाट नेपालगन्ज आउदै गरेको भे १ ख २१२८ नम्बरको बस गनापुरमा दुर्घटनामा परेको हो। पट्टा भाच्चिएर बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा बसका सहचालक सन्तोष भुसाल र यात्रु मानबहादुर वलीको मृत्यु भएको बांके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए।
उनका अनुसार, २१ जना घाइतेको नेपालगन्जको भेरी अस्पतालमा, दुई जनाको नर्सिङहोम र पांच जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीले बसका चालक खिमबहादुर मल्ललाई नियन्त्रणमा लिएको छ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच