कुलमान घिसिङलाई कारबाही गर्नुहुँदैनः कांग्रेस सांसद केसी

कुलमान घिसिङलाई कारबाही गर्नुहुँदैनः कांग्रेस सांसद केसी

अर्थ चौतारी

कुलमान घिसिङलाई कारबाही गर्नुहुँदैनः कांग्रेस सांसद केसी

A A- A+

काठमाडाैँ- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्नु नहुने बताएका छन्।

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद केसीले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले वक्यौता रकम उठाउनुपर्छ भनेको आधारमा कारबाही गर्नु नहुने बताएकी हुन्।

उनले सार्वजनिक लेखा समितिले कसैलाई कारबाही गर्ने/नगर्ने भन्दापनि सम्पूर्ण बक्यौता रकम उठाउन निर्देशन दिनुपर्ने बताए।

घिसिङलाई कारबाही गर्दा राम्रो सन्देश नजाने उनकाे भनाइ थियाे। उनले भने,’ विद्युतिकरण र विद्युत उपभोक्ताचाहीँ ६७ लाख परिवार छन् । त्यो परिवारसम्म पुग्ने सन्देश, कुलमानजी चाहिँ बाँकी बक्यौता सबै उठाउनुपर्छ भन्ने । अनि हामी चाहिँ कुलमानलाई कारबाही गर्ने भन्यौँ भने त्यसले सन्देश के जान्छ ? त्यसकारणले बाँकी बक्यौतालाई स्पष्ट रूपबाट २१ अर्ब ८८ करोड नै उठाउने।’

सार्वजनिक लेखा समितिको सदस्य समेत रहेका सांसद केसीले घिसिङलाई कारबाही गर्ने समितिको निर्णय भएमा आफूले नोट अफ डिसेन्ट लेख्ने पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?