काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसकी नेत्री एवम् परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवा बुधबार एउटै फ्लाइटमा धनगढी पुगेका छन्।
कांग्रेस-माओवादीको गठबन्धन टुटेपछि संभवत: पहिलो पटक उनीहरू यसरी निकट भएका हुन्। प्रचण्ड र आरजु देउवा एउटै फ्लाइटबाट धनगढी पुगेपछि धनगढी बिमानस्थलमा पत्रकारले प्रचण्डसँग सक्षिप्त प्रतिक्रिया लिँदा उनले हेलाे-हाई मात्र भएकाे बताएका छन्। पत्रकारको ‘सँगै आउनुभयाे केही राजनीतिक गफ भयाे कि?’ भन्ने जिज्ञासामा उनले हेलाे-हाई मात्र भएकाे प्रतिक्रिया दिएका थिए।
प्रचण्डसहित माओवादीका पदाधिकारी माओवादीको प्रदेश स्तरीय कार्यक्रमका लागि धनगढी पुगेका हुन्। यसैगरी, आरजु गौरादेवीको पूजा बिसर्जन गर्न आज धनगढीस्थित निवासमा पुगेकी हुन्। २ दिनको कार्यक्रम तालिकासहित उनी धनगढीमा रहनेछन्।यतिबेला यहाँको सुरक्षा ब्यवस्था कडा पारिएकाे छ। आलोपालो सरकार चलाउने कुरामा ‘खटपट’ भएपछि माओवादीसँगको गठबन्धन तोडेर एमालेसँग गठबन्धन गरी आरजु परराष्ट्र मन्त्री भएकी हुन्।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच