सुदूरपश्चिममा विपदका घटनामा परेर  २५ जनाको मृत्यु, ६ करोड बढीको क्षती

सुदूरपश्चिममा विपदका घटनामा परेर २५ जनाको मृत्यु, ६ करोड बढीको क्षती

अर्थ चौतारी

सुदूरपश्चिममा विपदका घटनामा परेर २५ जनाको मृत्यु, ६ करोड ...

A A- A+

धनगढी :  सुदूरपश्चिममा साउनदेखि अहिलेसम्म चार सय २४ विपदका घटना घटेका छन्। ती घटनामा परेर १४ महिलासहित २५ जनाको मृत्यु भएको छ। आगलागी, सर्पदंश, चट्याङ, जनावर आतङ्क, पहिरो, भूकम्प, बाढी, लेक लाग्नु, हावाहुरी लगायत घटनामा परेर १४ महिला र ११ पुरुषको मृत्यु भएको हो। सबैभन्दा बढी आगलागीका घटना भएका छन्। ती घटनामा परेर ८१ महिला घाइते भएका छन्। ५८ जना पुरुष घाइते भएका छन्।

चार सय २४ विपदका घटनामा एक सय ४९ जना घाइते हुन पुगेका छन्। यसप्रकारका घटनाबाट चार हजार ४५ परिवार प्रभावित बन्न पुगेका हुन्। विपदका घटनाबाट एक सय १९ घर पूर्ण र ७ सय ३९ घरमा आंशिक क्षति पुगेको छ। साथै ७५ गोठमा नोक्सानी पुग्दा दुई सय ३० पशुचौपायामा क्षति पुगेको छ। प्रदेशभित्र मानवीयसँगै भौतिक क्षति पनि डरलाग्दो रुपमा बढेको छ।

सबैभन्दा बढी आगलागीका घटनाबाट पाँच करोड ७१ लाख १९ हजार ७ सय मुल्यको धनमाल जलेर नष्ट भएको छ। चट्याङबाट ६० हजार, जनावर आतङ्कबाट दुई लाख ५० हजार, हावाहुरीबाट ३० लाख, भारी वर्षाबाट ९ लाख ६ हजार र जंगल आगलागीबाट २३ लाख ६० हजारको नोक्सानी भएको प्रदेश आपतकालिन कार्यसञ्चालकन केन्द्र धनगढीको अनुमान छ। अहिलेसम्म ६ करोड १० लाख ४९ हजार ७ सयको आर्थिक नोक्सानी भएको अनुमान गरिएको हो।

दिनेश खबरबाट साभार 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?