‘हराएका वर्षहरू’ हेरेपछि प्रधानमन्त्री ओलीको प्रतिक्रिया– प्रकाशलाई भेट्न चाहन्छु

‘हराएका वर्षहरू’ हेरेपछि प्रधानमन्त्री ओलीको प्रतिक्रिया– प्रकाशलाई भेट्न चाहन्छु

अर्थ चौतारी

‘हराएका वर्षहरू’ हेरेपछि प्रधानमन्त्री ओलीको प्रतिक्रिया– प्रकाशलाई भेट्न चाहन्छु

A A- A+

काठमाडौँ ।  हेर्ने कथा 'हराएका वर्षहरू' यतिवेला चर्चामा छ । युट्युवको ट्रेन्डिङ एकमा रहेको यो भिडियो हेरेर अधिकांशले मुख्य पात्र प्रकाश तमाङप्रति चिन्ता प्रकट गरिरहेका छन् ।

यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस भिडियोमा प्रतिक्रिया जनाएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले प्रकाश तामाङलाई भेट्ने चाहना प्रकट गरेका छन् ।

उनले लेखेका छन्– 'हामी दुःखको आँसुसँग मात्र परिचित छौँ। चाहे सुखका हुन् वा दुःखका, भावको आयतन शरीरले थेग्न नसकेपछि आँसु झर्ने रहेछ । हेर्ने कथाको पछिल्लो एपिसोड 'हराएका वर्षहरू' हेरेँ । प्रकाश तामाङ (काले मोक्तान)को परिवारसँग मिलनको दृश्यले आँसु आयो।'

ओली थप लेख्छन्–'सोचें-यस्ता कति प्रकाशहरु वर्षौंदेखि हराएका होलान् ! एक पटक प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहन्छु। विद्या चापागाईं प्रभावशाली 'स्टोरी टेलर' हुनुहुन्छ । हेर्ने कथामा उहाँले प्रस्तुत गरेका अरु कयौं कथाहरू पनि हेरेको छु। विद्या चापागाईंसँग पनि भेटेर यस विषयमा कुरा गर्ने छु। यो मर्मस्पर्शी कथालाई दृश्यमा ल्याइदिएकोमा हेर्ने कथा टिमलाई धन्यवाद !!'

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?