गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन

गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन

अर्थ चौतारी

गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन

A A- A+

कञ्चनपुर । महिलाको मौलिक पहिरन गुन्यु चोली जगेर्ना गर्ने सन्देश बोकेर मेची–महाकाली यात्रामा निस्किएकी ५५ वर्षीया सुशीला उप्रेती तिवारीले यात्रा समापन गरेकी छन् । भदौ ५ गते मेचीको बुद्धशान्ति गाउँपालिकाबाट मोटरसाइकल यात्रा सुरू गरेकी तिवारीले पाँचौँ दिन आइतबार पश्चिमी सीमा नाका कञ्चनपुरको गड्डाचौकी पुगेर यात्रा समापन गरेकी हुन् ।

परापूर्वकालदेखि महिलाले पहिरिँदै आएको गुन्यु चोली लगाउने चलन विस्तारै हराउँदै जान थालेकाले जगेर्ना गर्नुपर्ने सन्देश बोकेर मेची महाकाली यात्रामा निस्कनुपरेको उनले बताइन् । “संस्कृति र पहिचान पोसाकबाट पनि झल्की छ, त्यो नै हरायो भने पहिचान गुम्छ ।

त्यसैले गुन्यु चोली लगाएर यात्रा गरेको हुँ”, उनले भनिन् । झापाको बुद्धशान्ति–३ बस्ने तिवारीलाई  कालिका लाइन्स क्लब महेन्द्रनगरकी अध्यक्ष तथा समाजसेवी हेलन श्रेष्ठले स्वागत गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?